Comments Add Comment

प्रदेश १ को बजेटप्रति सत्तापक्षकै सांसद असन्तुष्ट

१० असार, विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट प्रति सत्तापक्षकै सांसदले असन्तुष्टि जनाएका छन ।

बुधबारको प्रदेशसभा बैठकमा नेकपाका सांसद उपेन्द्रप्रसाद घिमिरे सामाजिक विकास मन्त्रालयको ५ अर्ब ३० करोडको बजेट ढोके–चम्चेहरूले बनाए जस्तो देखिएको बताए ।

उनले बजेट कर्मचारी र ढोके हुक्के चम्चेहरूले मात्र बनाए कि मन्त्रीले पनि हेर्नुभयो भन्ने प्रश्न मनमा खेलिरहेको बताए ।

उनले सामान खरिद गर्न कर्मचारीलाई तालीम दिनुपर्ने भन्दै अहिलेको खर्च शीर्षक देख्दा अचम्ममा परेको बताए ।

सांसद खिनुलङ्वा लिम्बूले बजेटको रातो किताबमा धेरै त्रुटि देखिएको बताइन् । उद्देश्य एकातिर काम अर्कोतिर भएको उनको गुनासो छ ।

स्वास्थ्य सामग्री वितरण ७७ जिल्लामार्फत गर्ने भनेर ५० लाख छुट्याइएकाले यो मन्त्रालय प्रदेशको नभएर संघको मन्त्रालय जस्तो देखिएको बताइन् ।
गत वर्षदेखि चलेको एक गाउँ एक खेल मैदान समावेश नभएको उनले बताइन् ।

सांसद उत्तमकुमार बस्नेतले स्वास्थ्य र शिक्षाका विषयमा सुधार हुन नसकेको बताए ।

सांसद तुलसीप्रसाद न्यौपाने बजेट अनुदानै अनुदानको पुलिन्दा जस्तो भएको बताए । रातो किताबका कार्यक्रमहरु प्राथमिकता अनुसार नभएको जिकिर गरे ।
सांसद बलबहादुर साम्सुहाङ झुटै झुटको पाना राखिएको गुनासो गरे ।

सांसद कृष्णकुमारी राईले धनकुटामा स्वास्थ्यको क्षेत्रमा अपेक्षित बजेट आउन नसकेको बताइन् ।

सांसद राजकुमार ओझा, राजेन्द्र कुमार राई, लछुमन तिवारी, लिला सुब्बा र सञ्जाकुमारी दनुवारले सरकारको बजेट चित्त बुझ्दो नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment