Comments Add Comment

रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

११ असार, काठमाडौं । मालोर्कालाई पराजित गर्दै रियल मड्रिड फेरि स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा रियलले मालोर्कालाई २-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा रियलका लागि १९औं मिनेटमा भिनिसियल जुनियरले गोल गर्दै अग्रता दिलाएका थिए । कप्तान सर्गियो रामोसले ५६औं मिनेटमा फ्रि-किकमार्फत उत्कृष्ट गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए ।

जितपछि ३१ खेलबाट बार्सिलोना समान ६८ अंक जोडेको रियल हेड टु हेडमा अघि रहँदै शीर्ष स्थानमा उक्लेको हो । रियलको जितपछि ला लिगाको उपाधि होड खुल्ला भएको छ । दुवै टोलीले अब लिगमा समान ७ खेल खेल्न बाँकी छ।

रियलसँग पराजित भए पनि मालोर्काका लुका रोमेरोल भने कीर्तिमान बनाए । उनी ला लिगा खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । उनले १५ वर्ष २१९ दिन हुँदा ला लिगामा डेब्यु गरेका हुन् । उनी ८३औं मिनेटमा इड्रिसु बाबाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

उता रियल सोसिडाडको खराब प्रदर्शन कायम रहँदा सेल्टाभिगोसँग १-० ले पराजित भएको छ । लगातारको हारले सोसिडाडको शीर्ष चारमा रहने योजनामा धक्का लागेको छ । सेल्टाको लागि आयगो असपासले एक मात्र गोल पेनाल्टीमा गरे ।

हारपछि ३१ खेलबाट ४७ अंक रहेको सोसिडाड सातौं स्थानमा छ जुन चौथो स्थानको सेभियाभन्दा ६ अंकले पछि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment