Comments Add Comment

वडा कार्यालयको भवन बनाउन २ कठ्ठा जग्गा दान

११ असार, धरान । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ३ को भवन बनाउन ललितबहादुर सापकोटाले २ कठ्ठा जग्गा दान दिएका छन् ।

इनरूवा नगरपालिका संखुवागाछी निवासी सापकोटाले एक करोड मूल्य बराबरको जग्गा ३ नम्बर वडा कार्यालयको भवन निर्माण गर्न दिएका हुन् ।

वडा भवन बनाउन जग्गा दान दिएपछ संखुवागाछीसहित वडा नम्बर ३ का बासिन्दालाई थप सहुलियत हुने विश्वास लिएको सापकोटाले बताए ।

अहिलेसम्म भाडाको भवनबाट वडा कार्यालयले सेवा प्रवाह गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment