Comments Add Comment

मदाने गाउँपालिकाको केन्द्र टुंगो लाग्यो

११ असार, तम्घास । गुल्मीको मदाने गाउँपालिकाले केन्द्र टुंगो लगाएको छ । गाउँपालिकाको बुधबार सम्पन्न गाउँसभाले मदाने गाउँपालिका–६ छिर्नेमा गाउँपालिकाको केन्द्र निर्धारण गर्ने निर्णय सर्वसम्मत पारित गरेको हो ।

स्थानीय तहको निर्वाचन भएको लामो समयसम्म पनि केन्द्र नटुङ्ग्याउँदा पालिकाका नागरिकलाई समस्या भएकाले गाउँसभाबाटै केन्द्र टुंगो लगाइएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए ।

गाउँपालिकाको भवन बनाउनका लागि यसअघि नै पाँच रोपनी जग्गा प्राप्त भइसकेको छ । अहिले थप पाँच रोपनी गरी कुल १० रोपनी जग्गा भवन बनाउन निः शुल्क प्राप्त भएको छ ।

गाउँपालिकाको प्रशासकीय भवन बनाउनका लागि गाउँसभाबाट रु एक करोड ५० लाखसमेत विनियनोजन गरिएको छ । उक्त रकमले पनि नपुगे प्रदेश वा केन्द्र सरकारबाट रकमको लागि पहल गरिने गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले जानकारी दिइन् ।

यससँगै जिल्लाका १२ मध्ये १० स्थानीय तहको केन्द्र टुंगिएको छ । इस्मा र मालिका गाउँपालिकाको केन्द्र भने अझैसम्म टुंगो लाग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment