Comments Add Comment

विदेशबाट फर्किएका नेपालीलाई हमालको अपिल–पर्दैन जान यहाँ त्यहाँ

नायक राजेश हमालले आफ्नो मनको भावना र विचार अहिले सामाजिक सञ्जालमा भिडियोमार्फत व्यक्त गरिरहेका छन् । नेपाल सरकारले नेपालको नयाँ नक्सा जारी गरिसकेपछि होस् या लकडाउनको विषयमा नै किन नहोस्, हमालले भिडियोमार्फत नै आफ्नो भनाइ राखे ।

उनै हमालले कोरोना भाइरसका कारण विदेशबाट नेपाल फर्किरहेका नेपालीहरूलाई कवितामार्फत स्वागत गरेका छन् । भिडियो सार्वजनिक गर्दै हमालले भनेका छन्–‘हरेक दिन हजारौंहजार हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू आफ्नो घर फर्किँदैछन् । आउनुहोस् उहाँहरूलाई न्यानो स्वागत गरौं ।’

हमालले कवितामा भनेका छन्–‘ऊ छोरा कसैको, ऊ छोरी कसैकी, ऊ बुबा कसैको, ऊ आमा कसैकी । दाजु, दिदी, श्रीमती पनि । जे हुन् तर होइनन् पराइ । जे हुन् आफ्नै त हुन् नि ।’ हमालले कोरोना भाइरसको सन्त्रासपछि विदेशबाट फर्किएका नेपालीहरू किन पराइ भए भनेर पनि प्रश्न गरेका छन् ।

उनले सबै नेपालीहरूलाई नमस्ते गर्दै स्वागत गर्न पनि अपिल गरेका छन् । उनले विदेशबाट नेपालीलाई घर फर्किन आग्रह समेत गरेका छन् । हमालले अब कतै पनि जानु पर्दैन भन्दै नेपालमै केही गर्न विदेशबाट नेपाल फर्किएका र फर्किँदै गरेका नेपालीलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment