Comments Add Comment

सुर्खेतको गाउँपालिकाले सिमानामा तारबार लगाउन ठोरीलाई एक लाख दिने

११ असार, सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाले नेपाल-भारत सिमानामा काँडे तारबार लगाउन पर्साको ठोरी गाउँपालिकालाई एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष निर्मला रानाले बुधबार गाउँसभामा आर्थिक वर्ष ०७७/७८ को लागि बजेट सार्वजनिक गर्ने क्रममा सीमा नाकामा तारबार लगाउन ठोरीलाई एक लाख रुपैयाँ उपलब्ध गराउन बजेट विनियोजन गरिएको जानकारी गराएकी हुन् । उनले आगामी वर्षका लागि ४३ करोड ८० लाख २६ हजार ४ सय ८० बराबरको बजेट सार्वजनिक गर्ने क्रममा ‘राष्ट्र सुरक्षामा हाम्रो योगदान’ शिर्षकमा उक्त सहयोग रकम विनियोजन गरिएको जानकारी दिइन् ।

गाउँपालिकाको आन्तरिक स्रोतबाट ठोरीलाई उक्त रकम सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताए ।

‘लिपुलेक र कालापानी लगायत सीमा क्षेत्रमा भारतय हस्ताक्षेप विरुद्ध सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने भन्दै विरोधको आवाज उठिरहेको छ । देशको सिमा सुरक्षा हाम्रो पनि जिम्मेवारी हो,’ अध्यक्ष शाहीले भने, ‘त्यसैले हामीले हाम्रोतर्फबाट ठोरीले सुरु गरेको काँडेतार लगाउने अभियानमा सहयोग गरेका हौ ।’

पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष सूर्य लामाले भारतको विहारसँग सीमा जोडिएको वडा–३ अन्तर्गत पर्ने ठुटेखोला नजिकैको पिल्लर नम्बर ४३५/१ देखि ४३१/४ सम्मको करिब ५ किलोमिटरको दुरीमा काँडेतार लगाएका छन् ।

यो पनि पढ्नुहोस भारतीय सीमा क्षेत्रमा वडाध्यक्षले लगाए काँडेतार

गाउँसभाले देशको सीमा रक्षा गर्ने नेपाली सेनालाई समेत आन्तरिक श्रोतबाट एक लाख दिने निर्णय गरेको छ । देशको रक्षा गर्ने सुरक्षा फौजको मनोवल बढाउन र उनीहरुलाई साधन र स्रोतको कमी हुन नदिन आन्तरिक स्रोतबाट नेपाली सेनालाई पनि एक लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष शाहीकाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment