Comments Add Comment

कर्णालीमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १४ सय नाघ्यो

११ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कर्णालीमा ७२ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा ७२ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबा पुष्टि भएका मध्ये ३५ जना संक्रमित कर्णालीभित्रका जिल्लाका होइनन् । उनीहरु देशका विभिन्न जिल्लाका रहेको प्रदेशको समाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख डाक्टर लक्षमीनारायण तिवारीका अनुसार सुर्खेतमा भएको परीक्षणबाट ४५ जनामा कोरोना पुष्टि भएको हो । जसमा १८ जना दैलेख, १२ जना सुर्खेत, ३ जना कालीकोटका रहेका छन् । यस्तै सुर्खेतमै भएको परीक्षणबाट बझाङका २ जना, जुम्ला, सल्यान, लमजुङ, कैलाली, दार्चुला, बाँके, धादिङ, कास्की, बैतडी, इलामका एक/एक जना रहेका छन् ।

जुम्लामा भएको परीक्षणबाट २७ जनामा कोरोना पुष्टि भएको छ । जसमा बाजुराका ४, बाँके र ताप्लेजुङका ३/३ जना, गोरखाका,ओखलढु‌ंगा र रामेछापका २/२ जना रहेका छन् । यस्तै, दैलेख, बैतडी, दाङ, धादिङ, गुल्मी, इलाम, कञ्चनपुर, काठमाडौं, खोटाङ, लमजुङ र पाल्पाका एक/एकजना रहेका छन् ।

योसँगै कर्णालीमा पुष्टि भएका कोरोना संक्रमितको संख्या १४०७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment