+
+
Shares

प्रदेश २ मा थपिए १६ जना कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ११ गते १७:११

११ असार, वीरगञ्ज । पछिल्लो २४ घण्टामा प्रदेश २ मा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार संक्रमित हुनेमा धनुषाका ९, महोत्तरीका ५ र सिराहाका २ जना गरी कुल १६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश २ मा संक्रमितको संख्या ३ हजार २ सय १६ पुगेको छ । जसमा महिला १ सय ९५ जना छन भने पुरुष ३ हजार २१ जना छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा एक जना महिलासहित १६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका १६, १७, २१, २३ र २५ वर्षका ५ जना, बटेश्वर गाउँपालिकाले बनाएको क्वारेन्टिनमा बसेका १२, १८, १९, र २१ वर्षका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी महोत्तरीको लोहरपट्टी नगरपालिकास्थित भेरुख उच्च मावि क्वारेन्टिनका १६ वर्षीय एक जना पुरुष र मनरा सिस्वा नगरपालिकास्थित दुर्गा मावि क्वारेन्टिनका २१, २४, २७ र ५२ वर्षका ४ जना पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।

यसैगरी सिराहाको लहानस्थित जेएम्स मुरारका क्वारेन्टिनमा बसेकी ३ वर्षीया एक जना बालिका र १७ वर्षका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?