+
+

मिथिलामा स्वास्थ्यकर्मीसहित ११ जनामा कोराेना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ११ गते १७:१९

११ असार, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा एक जना स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार एक जना स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख हरिनारायण महतोले जानकारी दिए । वडा नम्बर २ स्थित जनता माध्यमिक विद्यालय नकटाझिज क्वारेन्टिनमा खटिएका एक जना स्वास्थ्यकर्मी र भारतबाट विभिन्न मितिमा आएर बसेका १० जनामा संक्रमण देखा परेकाे उनले बताए ।

संक्रमण पुष्टि भएका सबै जनालाई सपहीस्थित आइसोलेसनमा पठाइसकिएको प्रमुख महतोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?