+
+

कैलालीका इन्सपेक्टर ५० हजार घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १२ गते ७:१२

१२ असार, धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्ट घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले उनीहरुलाई ५० हजार रुपैयाँ घुससहित बिहीबार रंगेहात पक्राउ गरेको हो ।

अख्तियारको टोलीले प्रहरी निरीक्षक कार्की र कानुन व्यवसायी विष्टलाई धनगढी उपमहानगरपालिका वडा नं. १ स्थित लिगल एडभोकेट सर्भिस सेन्टरबाट पक्राउ गरेको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

प्रहरी कार्यालयमा परेको मुद्दामा सहजीकरण गरिदिने भन्दै कानुन व्यवसायी विष्टमार्फत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले प्रहरी निरीक्षक कार्कीमाथि निगरानी बढाएको थियो ।

यसैबीच लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा ललितपुर प्रहरी परिसर जावलाखेलमा कार्यरत प्रहरी निरीक्षक रुद्र शाही पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?