Comments Add Comment

बिहेको तयारीमा थिए सुशान्त

नायक सुशान्त सिंह राजपुतको निधन झुन्डिएर भएको रिपोर्ट सार्वजनिक भइसकेको छ । उनै सुशान्त अभिनित चलचित्र ‘दिल बेचरा’ जुलाई २१ बाट डिजिटल माध्यममा रिलिज हुँदैछ। हटस्टारमा यो चलचित्र रिलिज हुने र दर्शकले नि:शुल्क चलचित्र हेर्न पाउने बताइएको छ।

सुशान्तको निधनपश्चात उनको योजनाको विषयमा पनि विभिन्न खालका खबर सार्वजनिक भइरहेका थिए। सुशान्तको निधन भएको करिब २ सातापछि उनका पिताले उनी बिहेको तयारीमा रहेको बताएका छन् ।

भारतीय मिडियासँग कुरा गर्दै सुशान्तका पिताले सन् २०२१ को सुरुवातमै सुशान्तले बिहेको तयारी गरेको बताएका छन् । उनले भनेका छन्–‘सुशान्तले चलचित्र रिलिज भएपछि बिहे गर्ने बताएका थिए । तर उनले युवतीको नाम भने मलाई भनेका थिएनन् ।’

सुशान्तको प्रेम रिया चक्रवर्तीसँग चलिरहेको थियो । सुशान्तले पछिल्लो समयमा निकै कम कुराकानी गर्ने गरेको पनि उनका पिताले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment