Comments Add Comment

सुशान्तको कथामा फिल्म निर्माण हुने

बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएपछि उनको कथामा चलचित्र निर्माणको घोषणा हुन थालेको छ ।

जुन १४ तारिखमा सुशान्तले आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेका थिए । बलिउडमा राम्रो स्थान बनाइसकेका सुशान्तले आखिर किन आत्महत्याको बाटो रोजे, यो कुरा भने अझै पनि रहस्यमा छ ।

अहिले भने बलिउडका केही मेकरले सुशान्तको कथामा चलचित्र निर्माण सुरु गरेका छन् । निर्देशक सनोज मिश्रले सुशान्तको कथामा कथा लेख्न सुरु गरेका छन् । उनका अनुसार यो कथा सुशान्तको बायोपिक भने होइन । तर उनको जीवनीमा आधारित रहेर चलचित्र निर्माण हुनेछ । चलचित्रको नाम ‘सुशान्त’ राख्ने तयारी उनको छ ।

यो चलचित्रमा सपना पूरा गर्न मुम्बई आएको एक युवकको कथा समावेश गरिनेछ । तर सपना पूरा गर्दैगर्दा विभिन्न खालका ह्यारेसमेन्टका कारण आत्महत्याको बाटो रोज्ने युवकको कथालाई सनोजले पर्दामा उतार्ने तयारी गरेका छन् ।

यसभन्दा अगाडि सामिक मौलिकले सुशान्तकै कथामा चलचित्र बनाउने घोषणा गरिसकेका छन् । उनले ‘सुसाइड और मर्डर’ नामक चलचित्र बनाउने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment