Comments Add Comment

भारत र दक्षिणपूर्वी एसियामा चीनबाट खतरा छ : अमेरिका

१२ असार, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भारतमा चीनको खतरा बढिरहेको बताएका छन् ।

ब्रसेल्स फोरममा बोल्दै पोम्पेओले चीनबाट भारत र दक्षिणपूर्वी एसियामा खतरा बढ्दो क्रममा रहेको भन्दै युरोपमा रहेको अमेरिकी सेना कटौती गर्ने बताएका छन् ।

पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीको गतिविधि भारत, भियतनाम, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स र दक्षिण चीन सागरको लागि खतरा रहेको बताएका हुन् । उनले चिनियाँ सेनाको सामना गर्नका लागि तयार रहन युरोपबाट सेना कटौतीको निर्णय अघि सारिएको धारणा राखेका छन् ।

विदेशमन्त्री पेम्पेओले चीनबाट उसका छिमेकी मुलुकहरुमा रहेको खतराप्रति आफ्नो निगरानी जारी रहेको बताएका छन् । चीनको खतराको विषयमा अमेरिकाले युरोपसँग पनि छलफल गर्न गइरहेको पोम्पेओको भनाइ छ ।

उनले चीनको गतिविधि रोक्नका लागि ईयू र अमेरिका मिलेर अघि बढ्नुपर्ने जरुरी रहेको बताएका छन् ।

पोम्पेओले ईयू सधैं चीनप्रति उदार बनेको आरोप लगाएका छन् । चिनियाँ दूरसञ्चार कम्पनी हुवावेको सुरक्षाको विषयमा बोल्दै पोम्पेओले यो कम्पनीको मुख्यालयमा चिनियाँ सुरक्षाकर्मीले काम गर्ने गरेको र चिनियाँ कानुनअनुसार सरकारले मागेको खण्डमा हुवावेले कुनै पनि तथ्यांक बुझाउने बताएका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको मागअनुसार यो कम्पनीले निजी डाटा पनि सरकारलाई बुझाउने पोम्पेओले बताए ।

तनाव कम गर्ने जिम्मा भारतको : चीन

यसैबीच चीनले भारत–चीन सीमाक्षेत्रमा देखिएको तनाव कम गर्ने जिम्मेवारी भारतको रहेको बताएको छ । भारतीय समाचार एजेन्सी पीटीआईलाई दिएको एक अन्तर्वार्तामा भारतका लागि चिनियाँ राजदूतले यस्तो बताएका हुन् ।

उनले अहिले स्थिति जटिल बन्नबाट बच्नुपर्ने अवस्था रहेको बताएका छन् । जुन १५ मा लद्दाखको चीनसँगको सीमाक्षेत्रमा दुवै पक्षका सेनाको बीचमा झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो । सोही घटनापछि अहिले दुई मुलुकको बीचमा तनाव बढेको छ ।

भारतका लागि चिनियाँ राजदूत सुन वेइयोङले भारतीय सेनाले सीमाको नियम उल्लङ्घन गरेको कारण तनाव कम गर्ने प्रयास पनि भारतले सुरु गर्नुपर्ने बताएका हुन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment