Comments Add Comment

नेकपा बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ : भारत वार्ताका लागि सकारात्मक छैन

१२ असार, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवाद समाधानका लागि भारत वार्ताका लागि सकारात्मक नभएको बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा ज्ञवालीले सीमा विवादबारे ब्रिफिङ गरेका हुन् । नेपालले कूटनीतिक सम्वादमार्फत नै अतिक्रमित भूमि फिर्ता गर्न पहल गरिरहेको भन्दै उनले बैठकमा भनेका छन्, ‘तर अहिलेसम्म भारत वार्ताका लागि सकारात्मक देखिएको छैन ।’

यद्यपि भारत वार्तामा बस्न तयार हुने र कूटनीतिक सम्वादमार्फत नै समस्या समाधान हुने विश्वास सरकारले लिएको परराष्ट्रमन्त्रीले जानकारी गराएका छन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार शुक्रबारको बैठकमा १८ जना स्थायी कमिटी सदस्यहरूले बोलेका छन् । नेपालको अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले गरेको पहलको प्रशंसा गर्दै नेताहरूले कूटनीतिक सम्वादमा जोड दिएका छन् ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए । कार्यव्यस्तताका कारण अनुपस्थित भएको महासचिव विष्णु पौडेलले जानकारी गराएका थिए । स्थायी कमिटीको बैठक अब शनिबार ११ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment