Comments Add Comment

कोरोना संक्रमितका लागि फिजियोथेरापी निर्देशिका तयार

१२ असार, काठमाडौं । नेपाल फिजियोथेरापी संघ (नेप्टा) ले कोभिड-१९ भएका बिरामीहरुका लागि उपयोगी हुने गरी फिजियोथेरापी उपचारको निर्देशिका बनाएको छ ।

अन्तर्राष्ट्रियस्तरमा विभिन्न देशहरुले यस्तो निर्देशिका तयार गरिसकेको भए पनि नेपालमा चाहिँ थिएन ।

पछिल्लो समय कोरोना संक्रमण भएका कतिपय बिरामीका लागि फिजियोथेरापी प्रभावकारी हुने देखिएको संघले जनाएको छ । नेपालमा पनि कोरोनाका बिरामी बढेसँगै फिजियोथेरापीको लागि पहिलोपटक निर्देशिका बनाइएको हो । अन्तर्राष्ट्रियस्तरको निर्देशिकालाई सन्दर्भ सामग्री मानेर निर्देशिका तयार गरिएको संघका महासचिव तथा प्रवक्ता समिद कतिला श्रेष्ठले जानकारी दिए ।

‘पूर्वस्वीकृति लिएर बनिसकेपछि पुनरावलोकन पनि अन्तिम रुप दिइएको हो,’ उनले भने ।

मन्त्रालयस्तरमा पनि बन्दै गरेको पुनर्स्थापना तथा फिजियोथेरापीको निर्देशिकामा यस संघले पनि सहयोग गरेको उनले बताए । मन्त्रालयबाट बन्ने निर्देशिकामा फिजियोथेरापी, स्पीच थेरापी, एकुपेसनल थेरापी, प्रोस्थेतिक ओर्थितिक, रिह्याब डाक्टर जस्ता पुनर्स्थापनाका विभिन्न विधाहरू समेटिनेछन् ।

यो निर्देशिका निर्माण गर्न नेप्टाले नेपाल तथा विदेशमा कार्यरत नेपाली विशेषज्ञ फिजियोथेरापिस्टहरुको कोर टिम बनाएको थियो । उक्त टिमले यो निर्देशिका तयार गरी नेपाल फिजियोथेरापी संघलाई बुझाएको थियो । अनलाइनबाट डाउनलोड गर्न सकिने यस निर्देशिका प्रयोग गर्न संघले सम्पूर्ण अस्पताल, स्वास्थ्य संस्था तथा फिजियोथेरापिष्टलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment