Comments Add Comment

असारमै बन्यो तम्घासको ह्वाक्ने छहरामा सुन्दर दृश्य

१३ असार, गुल्मी । गुल्मीको तम्घास नजिकै रहेको ह्वाक्ने छहराको स्वरुप परिवर्तन भएपछि आकर्षणको केन्द्र बनेको छ । अविरल वर्षासँगै पानीको सतह बढेपछि छहराको सुन्दर दृश्य बनेको छ ।

सदरमुकाम तम्घास नजिकै रेसुङ्गा नगरपालिकाको वडा नम्बर–१० मा पर्ने छहरा अघिल्ला वर्षहरुमा यतिबेला सुख्खा हुन्थ्यो । भदौ–असोजमा मात्रै छहरा बग्न सुरु हुन्थ्यो ।

तर, यस वर्ष असार १५ अघि नै छहरा बग्न थालेपछि मानिसहरु अवलोकन गर्न जाने गरेका छन् । उनीहरु छहरालाई पृष्ठभूमिमा राखेर फोटो खिच्ने गर्दछन् ।

तम्घास–रिडी सडकमा पर्ने छहरा राजमार्गको नजिकै रहेकाले पनि धेरैको नजरमा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment