Comments Add Comment

अमेरिकामा कोरोना संक्रमितको संख्या २५ लाख नाघ्यो

१४ असार, काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख नाघेको छ । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि १ लाख २५ हजारभन्दा बढी छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा २५ लाख ५ हजार ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै मृतकको संख्या १ लाख २५ हजार ४८० छ ।

फ्लोरिडा, एरिजोना लगायतका राज्यहरुमा कोरोना संक्रमणको दर बढेको छ । फ्लोरिडामा करिब १० हजार र एरिजोनामा साढे ३ हजार नयाँ संक्रमित फेला परेका छन् । थप संक्रमण फैलिन नदिन ती राज्यहरुमा पुनः लकडाउनलगायतका सुरक्षात्मक उपायहरु अपनाउन सुरु गरिएको छ ।

अमेरिका कोरोना भाइरस संक्रमणबाट सबैभन्दा नराम्रोसँग प्रभावित भएको देश हो । अमेरिकामा गत बिहीबार एकै दिन ४० हजार नयाँ संक्रमित फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment