Comments Add Comment

म्यानचेष्टर युनाइटेड एफए कपको सेमिफाइननलमा

१४ असार, काठमाडौं । अतिरिक्त समयमा नर्विच सिटीलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड एफए कप फुटलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिवार भएको पहिलो क्वाटरफाइनमा युनाइटेडले नर्विचलाई उसैको मैदानमा २-१ ले पराजित गरेको हो । ह्यारी मगुरेले ११८औं मिनेटमा गोल गरेपछि युनाइटेडले जित हात पारेको थियो ।

खेलको ५१औं मिनेटमा ओडियन ओघालोले गोल गर्दै युनाइटेडलाई पहिले अग्रता दिलाएका थिए । तर ७५औं मिनेटमा टोड कान्टवेलले नर्विचका लागि बराबरी गोल फर्काए । ८९औं मिनेटमा टिम क्लोस रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि नर्विच १० खेलाडीमा झर्‍यो । निर्धारित समयको खेल बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो ।

उक्त समयमा पनि युनाइटेडले एक खेल कम भएको नर्विच विरुद्ध गोल गर्न संघर्ष गर्नुपर्‍यो । २ मिनेट बाँकी छँदा मगुरेले निर्णायक गोल  गरेपछि युनाइटेडले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

एफए कप अन्तर्गत अरु तीन क्वाटरफाइनल खेलहरू आज हुँदैछन्, जसमा आर्सनलले शेफिल्ड युनाइटेडसँग र चेल्सीले लेस्टर सिटीसँग खेल्दै छन् । यस्तै म्यानचेष्टर सिटीले न्यूकासल युनाइटेडसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment