+
+

किन परिवर्तन हुँदैछ ‘फेयर एण्ड लभ्ली’ को नाम ?

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १३ गते ८:१८

चर्चित ब्युटी क्रिम फेयर एण्ड लभ्लीको नाम परिवर्तन हुने भएको छ । गोरोपनालाई बढावा दिने भन्दै विज्ञापन गर्दै आएको फेयर एण्ड लभ्लीमाथि रंगभेदी भएको आरोप लागेसँगै निर्माता कम्पनी युनिलिभरले फेयर एण्ड लभ्लीको मार्केटिङको तरिका तथा ब्राण्ड नाम बदल्ने घोषणा गरेको हो ।

बिहिबार एक विज्ञप्ती जारी गर्दै युनिलिभरले आगामी केही हप्तामै फेयर एण्ड लभ्लीको ब्राण्ड नाम परिवर्तन हुने जनाएको छ।

साथै अब आफ्ना उत्पादन तथा विज्ञापनहरुमा गोरो वा गोरोपन जस्ता शव्दहरुको प्रयोग नगर्ने पनि युनिलिभरले घोषणा गरेको छ ।

छालाको सौन्दर्य सम्बन्धी उत्पादनहरुमा सुन्दरताको मानकलाई लिएर मानिसहरुको सोँच बदलिइरहेको भन्दै उसले अब यसमा सबै तप्कालाई सामेल गरिने जनाएको छ ।

छालाको सौन्दर्य प्रशाधन सम्बन्धी आफ्ना विश्वस्तरीय उत्पादनहरुका विषयमा आफु पूर्णरुपमा सचेत रहेको भन्दै युनिलिभरले अब सबै रङ तथा प्रकारको छालालाई ध्यानमा राखी उत्पादन तथा बजारीकरण गरिने बताएको छ । कम्पनीका सौन्दर्य तथा व्यक्तिगत स्याहार महाशाखा प्रमुख सन्नी जैनले फेयर, ह्वाइट तथा लाइट जस्ता शव्दहरुले सुन्दरताको एकतर्फी दृष्टिकोणको मात्रै बयान गर्ने भन्दै यस्तो एकतर्फी दृष्टिकोण गलत रहेको र अब त्यसतर्फ विचार पूराउने प्रतिबद्धता व्यक्त गरे ।

फेयर एण्ड लभ्ली ब्राण्ड भारत, नेपाल, बंगलादेश, इण्डोनेसिया, थाइल्याण्ड, पाकिस्तान लगायत एसियाका धेरै देशहरुमा लोकप्रिय छ । छालाको गोरोपना बढाउने भन्दै विज्ञापन गर्ने फेयर एण्ड लभ्ली जस्ता रंगभेदी विज्ञापनहरुप्रति पछिल्लो दिन विश्वव्यापी रुपमा विरोध हुँदै आएको छ ।

अमेरिकामा अफ्रिकी मूलका युवा जर्ज फ्लोएडको प्रहरीद्वारा भएको हत्यासँगै सुरु भएको ब्लाक लाइभ्स म्याटर नामक अभियान चर्किँदै गर्दा सौन्दर्य प्रशाधन कम्पनीहरुलाई छालाको गोरोना बढाउने दाबी गर्ने आफ्ना उत्पादनहरुको बिक्रिलाई लिएर ठूलो आलोचना खेप्नु परिरहेको छ । यस्ता विज्ञापन तथा उत्पादनहरुले रंगभेदलाई बढावा दिइरहेको धेरैको आरोप छ ।

स्मरण रहोस् भारतमा सन् १९७५ देखि नै फेयर एण्ड लभ्ली बिक्रि हुन थालेको हो । युनिलिभरले गत वर्ष भारतीय बजारमा मात्रै ५० करोड डलरको फेयर एण्ड लभ्ली बिक्रि गरेको रोयटर्सले उल्लेख गरेको छ ।

गोरोपनालाई बढाउने भन्ने दाबी सहितको विज्ञापन तथा बजारीकरण बन्द गर्नुपर्ने माग वर्षौँदेखि उठ्दै आएको थियो । अमेरिकामा जारी रंगभेद विरुद्धको आन्दोलनसँगै यो माग झनै मुखर भएको थियो र चेन्ज डट ओआरजी नामक वेबसाइट मार्फत हजारौँ मानिसले एक्येबद्धता जनाएका थिए ।

केही हप्ता अघिमात्रै युनिलिभरको प्रतिस्पर्धी कम्पनी जोन्सन एण्ड जोन्सनले गोरोपनालाई बढावा दिने भनिएको आफ्नो क्रिमको उत्पादन बन्द गर्ने घोष्णा गरेको थियो । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?