Comments Add Comment

काम नगर्ने कर्मचारीलाई हटाउँछौं : पर्यटनमन्त्री

१४ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले कार्य सम्पादन सन्तोषजनक नभए कर्मचारीलाई हटाउने चेतावनी दिएका छन् ।

आइतबार मन्त्रालयमा सिनियर मेनेजमेन्ट टिम (एसएमटी) बैठकमा मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको सुरुवातवाटै मन्त्रालय काममा ‘प्रोएक्टिभ’ भएर काम सुरु हुने बताए ।

‘अहिल्यै मैले पूर्व सूचना गरेको छु । साउनवाट हामी काममा ‘प्रोएक्टिभ’ भएर लाग्छौं । राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ । त्यो बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला,’ उनले भने ।

आफूले प्रधामन्त्रीसँग, सचिवले आफूसँग कार्यसम्पादन सम्झौता गर्ने अभ्यास स्मरण गराउँदै मन्त्री भट्टराइले कर्मचारीले मन्त्रालयका सचिवसँग गरेको कार्यसम्पादनको नतिजा आउने गरी काम गर्नुपर्ने उल्लेख गरे । सम्झौताअनुसार काम भए/नभएको हेरेर कसैमाथि पूर्वाग्रह नराखी पुरस्कृत र कारवाहीको प्रक्रिया थालिने उनको भनाइ छ ।

हरेक १ वर्षमा कक्षा चढेजस्तै आफूहरुको पनि एउटा कक्षा चढ्ने बेला आएको उल्लेख गर्दै उनले अब राम्रो अकंका साथ कक्षा उर्त्तीण हुनुको विकल्प नरहेको समेत स्पष्ट पारे ।

चालू वर्षमा सम्पन्न हुन वाँकी काम पनि १५ दिनभित्र गर्न उनले निर्देशन दिए । बैठकमा मन्त्री भट्टराईले प्रत्येक हप्ता प्रत्येक महाशाखाहरुको कामको रिर्पोटिङ गरिने जानकारी दिए ।

कोभिड-१९ पछि सबै विमानस्थल सञ्चालन गर्ने गरि प्रोटोकलको पूर्वतयारी गर्न, होटल था रेष्टुरेन्ट व्यवसायक सञ्चालनका लागि जारी भएको प्रोटोकलको कार्यन्वयन र अनुगमन गर्न पनि सम्बन्धित महाशाखा/निकाय प्रमुखलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment