Comments Add Comment

जुम्लाबाहेक कर्णाली प्रदेशका जिल्लामा आज सार्वजनिक बिदा

१५ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आज असार १५ मा सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय धान दिवसको अवसरमा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएको छ । जसका कारण प्रदेश सरकारले हरेक वर्ष जुम्लामा चैत १२ गते सार्वजनिक बिदा दिने गर्दछ । प्रदेश मन्त्रिपरिषदको यही जेठ १२ गतेको बैठकले धान दिवसको दिन बिदा दिने निर्णय गरेको थियो ।

अघिल्ला वर्षमा असार १५ मा तामझामसहित धान दिवस मनाउने गरिए पनि यस वर्ष कुनै औैपचारिक कार्यक्रम नहुने भएका छन् । कोरोना महामारीका कारण यस वर्ष रोपाइँका औपचारिक कार्यक्रम नगरिने भएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले कोरोना जोखिमका कारण औपचारिक कार्यक्रम नराखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment