+

क्यानका चार कमिटीले पूर्णता पाए

२०७७ असार  १५ गते ११:४६ २०७७ असार १५ गते ११:४६
क्यानका चार कमिटीले पूर्णता पाए

१५ असार काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आफ्ना विभिन्न चार कमिटीलाई पूर्णता दिएको छ। सोमबार क्यानले विभिन्न कमिटीलाई पूर्णता दिएको जानकारी दिएको हो ।

क्यानको पहिलो बोर्ड बैठकले विभिन्न कमिटीहरुको संयोजक तोकेको थियो । अहिले उक्त कमिटीमा क्यानले सदस्यहरु थप गरेको हो।

क्यानले टुर्नामेन्ट कमिटी, टेक्निकल कमिटी, फाइनान्सियल कमिटी र मिडिया कमिटी गरी चार कमिटीलाई पूर्णता दिएको हो।

कुन को को छन् कमिटीमा ?

टुर्नामेन्ट कमिटी : प्रशान्तविक्रम मल्ल (संयोजक), दाउद अन्सारी, ऋषिराम गौतम, विक्रम विष्ट, कैलाश विष्ट

टेक्निकल कमिटी : संजयराज सिंह, (संयोजक), वीरेन्द्रबहादुर चन्द, अमृतबीर पाण्डे, अरुण कुमार अर्याल, सञ्जय गुरुङ

फाइनान्सियल कमिटी : रोशन कुमार सिंह (संयोजक), माधव कर्माचार्य, दुर्गाराज पाठक

मिडिया कमिटी : अशोकनाथ प्याकुरेल (संयोजक), भानुभक्त सिक्देल

क्यान निलम्वन फुकुवा भएपछि कात्तिक ३ मा बसेको क्यानको पहिलो बैठकले चारवटा समिति बनाउँदै त्यसको संयोजक तोकेको थियो।

क्यान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय