+
+
Shares

नेपाल जग्गा तथा आवास विकास संघले कोरोना कोषमा दियो ३१ लाख

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १५ गते १२:२९

१५ असार, काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले नेपाल सरकारले खडा गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” कोषमा ३१ लाख सहयोग गरेको छ ।

विभिन्न व्यक्ति, संघसंस्था एवं प्रतिष्ठानहरुबाट सहयोग रकम जम्मा गरिएको थियो । कोषको नाममा सिंहदरबार परिसरस्थित राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको खाता नं.१९६०००००११०१ मा जम्मा गर्ने प्रयोजनार्थ संघका अध्यक्ष मीनमान श्रेष्ठले नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडालाई उनकै कार्यकक्ष, अर्थ मन्त्रालयमा भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

सो अवस्ारमा संघका कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको महासचिव भेषराज लोहनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?