Comments Add Comment

यस्तो बन्यो लुकीछिपीको प्रिक्वेल

लकडाउनको कारण मनोरञ्जन उद्योग नराम्ररी प्रभावित भएको छ । खासगरी सिनेमा हल बन्द छन् । प्रदर्शनको तयारीमा रहेका चलचित्र थन्किएका छन् । चलचित्र छायांकन र प्रदर्शन दुबै ठप्प छ । यद्यपि, लकडाउनले म्युजिक भिडियो निर्माणको काम भने पूर्ण रुपमा प्रभावित छैन । लकडउनकैबीचमा म्युजिक भिडियो सार्वजनिक भइरहेका छन् ।

भर्खरै मात्र ‘के माया लाग्छ र’ बोलको गीत सार्वजनिक भएको छ । यसलाई प्रस्तुतकर्ता आर्टमान्डुले अघिल्लो पटक सार्वजनिक गीत ‘लुकी–छिपी’को प्रिक्वेल भनिएको छ । निर्देशक नविन चौहान म्युजिक भिडियोमा प्रिक्वेल बनाउने चलन नभएपनि आफुले यो नयाँ अभ्यास गरेको बताउँछन् ।

ग्रामिण परिवेश र जीवनशैलीको झल्को दिने म्युजिक भिडियोमा अभिनेता मुकुन भुषाल र सुरविना कार्कीको अभिनय छ । माया–पिरतीको यो गीत रोमान्टिक शैलीको छ । इलाम र पाँचथरको ग्रामिण भेगमा छायांकन गरिएको छ ।

यसका गीतकार हुन् हर्क साउद । संगीत अंकितबाबु अधिकारीको छ । संगीत संयोजन कुशल सिंहले गरेका हुन् । निशान भट्टराई र एलीन चौहानले गीतमा स्वर दिएका छन् । आर्टमान्डु स्टुडियोले म्युजिक भिडियो निर्माण गरेको हो । यसअघि सार्वजनिक गीत ‘लुकीछिप किन मायामा’ गीतले गत बर्षको इमेज अवार्डस्मा ‘सर्वोत्कृष्ट म्युजिक भिडियो’ र ‘सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक’को अवार्ड जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment