Comments Add Comment

जापानमा थपिए आपतकाल हटाएयताकै धेरै कोरोना संक्रमित

१५ असार, काठमाडौं । जापानमा पछिल्लो २४ घण्टामा आपतकाल हटाएयताकै सबैभन्दा धेरे कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् । सोमबार जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११२ नयाँ संक्रमित फेला परेका हुन् । नयाँ संक्रमितको यो संख्या मे २५ यताकै सबैभन्दा धेरै हो । पछिल्लो २४ घण्टामा एक जानाको कोरोना भाइरसको कारण मृत्यु भएको जापानले बताएको छ ।

पछिल्लो केही दिनयता जापानमा कोरोना भाइरसका संक्रमितहरु बढ्दो क्रममा छन् । पछिल्लो तीन दिनमा दोस्रोपटक जापानमा एक सयभन्दा धेरै नयाँ कोरोना संक्रमित फेला परेका हुन् । जापानका अधिकारीहरुले पछिल्लो समय बढेको संक्रमणलाई हेर्दा अहिले मुलुकमा पुनः लकडाउन गर्नु जरुरी नरहेको बताएका छन् ।

संक्रमण बढेसँगै जापानले परीक्षण पनि बढाएको छ । पछिल्लो २४ घण्टामा जापानको राजधानी टोकियोमा दुई महिनायताकै सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा टोकियोमा कोरोना भाइरसका ६० नयाँ संक्रमित भेटिएका हुन् । टोकियोमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ हजार ११४ पुगिसकेको छ ।

अहिलेसम्म जापानमा कोरोना भाइरसका १८ हजार ३३६ संक्रमित फेला परेका छन् भने ९७२ जनाको मृत्यु भइसकेको छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment