Comments Add Comment

इरानद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी

१५ असार, काठमाडौं । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । इराकको बग्दादमा भएको ड्रोन हमलामा मारिएका आफ्ना सैन्य कमाण्डरको हत्या आरोपमा ट्रम्पसहित दर्जन बढीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तेहरानका अभियोजक अली अलकासिमेहरले कुद्स फोर्सका प्रमुख कासिमको हत्यामा सोमबार ट्रम्पसहित झण्डै ३० जना संलग्न रहेको आरोप सहित पक्राउ पुर्जी जारी गरिएको पुष्टि गरे । ट्रम्पकोबाहेक अरूको नाम भने सार्वजनिक गरिएको छैन । अलकासिमेहरले ट्रम्प पदमा रहे पनि नरहे पनि उनीविरुद्धको मुद्दा चलिरहने स्पष्ट पारेको इरानको अर्धसरकारी समाचार एजेन्सी आइएसएनएलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

गत पुषको दोस्रो साता इराकमा भएको अमेरिकी ड्रोन हमलामा इरानी कुद्स फोर्सका प्रमुख कासिम सुलेमानीको ज्यान गएको थियो ।

त्यतिबेला अमेरिकी रक्षा विभागले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सोलमानी हत्या गरिएको जनाएको थियो । रक्षा विभागले सोलेमानीलाई आतंकवादी घोषणा गरेको थियो । विदेशस्थित अमेरिकी सेना माथिको विभिन्न हमलामा सोलेमानीको हात रहेको ठहर गर्दै पुष दोस्रो साता उनलाई सैन्य कारबाहीको क्रममा हत्या गरिएको विरोधमा इरानले ट्रम्पलाई पक्राउ पुर्जी जारी गरेको हो ।
हवाई आक्रमणमा परेर हिजबुल्लाका कमाण्डर अबु महदी अल मुहादिस समेत मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment