+

आर्थर बार्सिलोनाबाट युभेन्ट्स जाने पक्का, ७२ मिलियन युरोमा सम्झौता

२०७७ असार  १६ गते ७:५८ २०७७ असार १६ गते ७:५८
आर्थर बार्सिलोनाबाट युभेन्ट्स जाने पक्का, ७२ मिलियन युरोमा सम्झौता

१६ असार, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका मिडफिल्डर आर्थर यस सिजन सकिएपछि इटालियन क्लब युभेन्ट्स जाने पक्का भएको छ ।

सोमबार दुई क्लबबीच आर्थरको विषयमा सम्झौता भएको हो । सम्झौता अनुसार इटालियन च्याम्पियन युभेन्टसले आर्थरलाई ७२ मिलियन युरोमा अनुबन्ध गरेको हो ।

बार्सिलोनाको आधिकारिक वेवसाइटले दुई क्लबबीच सम्झौता भएको र सिजनको अन्त्यपछि आर्थर युभेन्टस जानेछन् ।

आर्थर सन् २०१८ मा ब्राजिलियन क्लब ग्रेमियोबाट बार्सिलोना  पुगेका थिए । जहाँ उनले क्लबका लागि कुल ७२ खेल खेलेका छन् ।

आर्थरले स्पानिस क्लबमा दुई सिजन बिताउँदा दुई उपाधि जितेका छन् । यसअघि आर्थर र युभेन्ट्सका मिरालेम प्यानिच साट्ने चर्चा भएपनि आर्थरको विषयमा मात्रै सम्झौता भएको हो ।

बार्सिलोना युभेन्ट्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय