+
+
Shares

हमालको ‘महानायक’ उपाधिमाथि किन उठ्छ प्रश्न ?

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १६ गते ११:१३

नेपाली चलचित्र क्षेत्रमा नायक राजेश हमालको क्रेज लोभलाग्दो छ । नायक हमालले अभिनय गरेका चलचित्र पछिल्लो समय असफल हुन थाले पनि केही वर्ष अगाडिसम्म उनको टाउको पोस्टरमा राख्दासम्म पनि दर्शक हलमा आउँथे।

नेपालमा मल्टिप्लेक्समा दर्शकको आकर्षण बढ्न थालेपछि हमालका चलचित्रले कमजोर व्यापार गर्न थालेका हुन् । यस्तै, दर्शकको चलचित्रप्रतिको रुचि नै फरक भएपछि हमाल पनि कमजोर बन्न थाले ।

चलचित्र प्राविधिक संघले नायक हमाललाई ‘महानायक’को उपाधि दियो । योसँगै मिडियामा हमाललाई ‘महानायक’ भन्न थालियो । तर नायक हमाललाई दिइएको यो उपनाम विवादमा भने सधैं रहँदै आएको छ । चलचित्रमा काम गर्नुबाहेक हमालले चलचित्र क्षेत्रका लागि नेतृत्वदायी भूमिका नखेलेको भन्ने आरोप पनि नलागेको होइन ।

चलचित्र क्षेत्रले विषम परिस्थिति भोगिरहेको समयमा हमाल अगाडि नसरेको भन्दै पनि आलोचना हुने गरेको छ । तर आम दर्शक हमाललाई ‘महानायक’ मान्छन् । किनकि, हमालको व्यक्तित्व, उनले चलचित्र क्षेत्रमा दिएको योगदान र उनको प्रतिष्ठालाई हेर्दा पनि हमालको कद चलचित्र क्षेत्रमा उँचो छ।

हमालका चलचित्रले उनको टाउकोमात्र पोस्टरमा राख्दा पनि निर्मातालाई घाटा लाग्न दिएका छैनन् । अहिलेको महँगा स्टारहरूले खेल्ने चलचित्रले लाखौं घाटा व्यहोर्दा हमालका चलचित्रबाट निर्माता मोटाएका थिए । हमालका चलचित्रमा दुःखी र गरिबका कथा भनिएका थिए । यसैले पनि उनी पर्दामा देखिँदा दर्शकको ताली बज्थ्यो । आजका दिनमा हमालले चलचित्र खेले पनि नखेले पनि उनको जस्तो क्रेज अरूले बनाउन सकेका छैनन् भन्दा हुन्छ ।

हालै मात्र निर्देशक दीपाश्री निरौलाले नायक हमालको यो उपाधिमाथि प्रश्न सोझाएकी छिन् । अहिले सामाजिक सञ्जालमा दीपाको यो भिडियो चर्चामा छ । साथै, उनको आलोचना पनि भइरहेको छ ।

सञ्चारकर्मी प्रकाश सुवेदीसँग दिएको एक अन्तर्वार्तामा दीपाले ‘राजेश हमाल महानायक हो र ?’ भनेर प्रश्न सोझाएकी छिन् । केही समय अगाडिसम्म राजेश हमाल चलचित्र क्षेत्रमा रहेको तर अहिले नभएको तर्फ पनि दीपाको भनाइ सोझिएको छ ।

चलचित्र क्षेत्रलाई आवश्यकता पर्दा हमालको उपस्थिति फितलो भएको दीपाको तर्क छ । उनले अहिले आमजनता र चलचित्रकर्मीले नै साथ र सहयोगको अपेक्षा गरेको समयमा हमाल टिकटक बनाउन व्यस्त भएको भन्दै आलोचना पनि गरेकी छन् ।

दीपाभन्दा अगाडि पनि केही कलाकारले राजेश हमाललाई दिइएको यो उपनाममा असन्तुष्टि व्यक्त गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?