Comments Add Comment

मेसीको खेल दशकयताकै खराब स्थितिमा

१६ असार, काठमाडौं । बार्सिलोना र अर्जेन्टिनाका कप्तान लिओनल मेसी आफ्नो करियरमा ७ सयौं गोल गर्नबाट एक गोल मात्र टाढा छन् । वर्तमान विश्व फुटबलको सुपर स्टार, गोल गर्न माहिर उनै मेसी पछिल्ला खेलहरुमा भने गोल गर्न असफल भइरहेका छन् ।

स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको पछिल्लो खेलमा बार्सिलोनाले सेल्टाभिगोसंग २-२ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । उक्त खेलमा मेसीले लुइस सुआरेजलाई दुई गोलका लागि असिस्ट गरे तर गोल गर्न भने सकेनन् ।

सात सय गोलको नजिक रहेका मेसी गोल गर्न संघर्षरत छन् । सेल्टा भिगोविरुद्धको खेलसहित मेसी गोल गर्न असफल भएको लगातार तेस्रो खेल हो ।

पछिल्लो समय बार्सिलोनका प्रशिक्षक किके सेटिएनसंग खेलाडीहरुको मतभेद हुन थालेको छ । त्यही प्रशिक्षक सेटिएनको टिममा मेसी गोल गर्न संघर्ष गरिरहेका छन् । सेटिएनको प्रशिक्षणमा १६ खेल खेल्दा मेसीले १० खेलमा गोल गर्न सकेका छैनन् ।

क्याम्प नोउमा टाटा मार्टिनो प्रशिक्षक रहँदा पनि मेसीले ४१ गोल गोल गरेका थिए । २०१३/१४ को त्यस सिजनलाई मेसीको खराब सिजनको रुपमा हेरिन्छ ।

यस सिजन गोलको मामिलामा मेसी त्यो भन्दा धेरै पछि छन् । उनले यस सिजन जम्मा २६ गोल मात्र गरेका छन् ।

पछिल्लो दशकमै यस सिजनलाई मेसीको खराब सिजनको रुपमा हेरिएको छ । एक दशकयता मेसीको गोल संख्या कुनै पनि सिजन ४० भन्दा कम थिएन । पेप ग्वार्डिओलाले प्रशिक्षण सुरु गर्दा २००९ मा पनि मेसीले ३८ गोल गरेका थिए । मेसी अहिले त्यस भन्दा पनि पछाडि छन् ।

जारी सिजन ला लिगामा ७ खेल मात्र बाँकी छ । यस्तै युरोपियन च्याम्पियन्स लिगमा अन्तिम १६ अन्तर्गत नापोलीविरुद्ध दोस्रो लेगको खेल खेल्न बाँकी छ । उक्त खेल जितेमा बार्सिलोना र मेसीले थप खेल्ने अवसर पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment