Comments Add Comment

निर्वाचन आयोगमा ‘नेकपा एमाले’ दर्ताका लागि निवेदन

१६ असार, काठमाडौं । निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताको लागि निवेदन परेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ‘नेकपा एमाले’ नामको दल दर्ताको निवेदन प्राप्त भएको पुष्टि गरे ।

‘नेकपा एमाले दल दर्ताको लागि भनेर निवेदन आएको छ,  हामी जाँचबुझ गर्दै छौं,’ उनले अनलाइनखबरसँग भने, ‘पार्टीको अध्यक्षको नाम सन्ध्या तिवारी लेखिएको छ ।’

तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि हाल नेकपा एमाले अस्तित्वमा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment