Comments Add Comment

बागमती बजेटमा नेकपाकै सांसदको विरोध

१६ असार, हेटौंडा । वागमती प्रदेशकोे बजेटमाथि मंगलबार प्रदेशसभामा छलफल सुरु भएको छ । छलफलमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुल नै बजेटको विरोध गरेका छन् ।

नेकपाका सांसद हिरानाथ खतिवडाले सरकारले बजेट ल्याउँदा कार्यान्वयन हुने विश्लेषण नगरी ल्याएको भन्दै नसच्याउने भए छलफलको अर्थ नरहने बताए । सरकार नसुध्रे समर्थन गर्न नसक्ने समेत उनले बताएका छन् ।

सांसद सरेश नेपालले बजेटको बचाउ गर्दै प्रष्ट ढंगले आएको बताए । उनले विरोधको लागि विरोध गर्न नहुने भन्दै सर्वसम्मत ढंगले पास गर्न लाग्नुपर्ने तर्क गरे ।

नेकपाकी सांसद सीता लामाले प्रदेश सरकार श्रम र श्रमिकको सरकार हुनुपर्ने बताउँदै शहरको विकल्प गाउँ बनाउनुपर्ने बताइन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका र अन्य विपक्षी दलका सांसदले विनियोजित बजेटको आलोचना गरे । नेपाली कांग्रेसकी सांसद जीवन डंगोलले बजेट सत्तापक्षको लागि मात्रै आएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

नेपाली कांग्रेसका सांसद प्रभात तामाङले बजेटमार्फत कार्यकर्तादेखि वडाध्यक्षसम्मलाई पैसा बाँड्न भ्याएको बताए । उनले मन्त्रीहरु वडाध्यक्ष भन्दा सानो हैसियतमा देखिएको बताउँदै आफ्नो निर्वाचन क्षेत्रको वडा र टोलसम्म बजेट हालेर फेसबुक रंग्याउने काम भएको बताएका थिए ।

राप्रपाकी रिना गुरुङले सासंदले कोरोनालाई बिर्सेर बजेट आएको बताइन् । उनले प्रदेश सरकारले क्वारेन्टिन र आइसोलेसन व्यवस्थापन तथा उपचारमा उपयुक्त बजेट विनियोजन नभएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment