+
+

आईएफसीसँग एनएमबि बैंककको २५ मिलियन अमेरिकी डलर पुनः कर्जाको लागि समझदारी

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते १७:३१

१७ असार, काठमाडौं । एनएमबि बैंकले विश्व बैंक सदस्य समूह आईएफसीबाट अमेरिकी डलर २५ मिलियन पुनः कर्जाको लागी समझदारीमा हस्ताक्षर गरेको छ ।

एनएमबि दुई बर्षको अवधिमा आईएफसीबाट लगातार दुई पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । यो बैंदेशिक लगानी हालको परिदृश्यमा वाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी हुनेछ ।

उक्त समझदारीमा एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सुनिल के.सी. र आईएफसीका एक्टिङ्ग रेजिडेन्ट रिपि्रजेन्टेटिभ सन्तोष पाण्डेको बीच हस्ताक्षर सम्पन्न भएको छ ।

यस वित्तीय समझदारीले कोभिड १९ को कारणले आईपरेको कठिनाईहरुको बीचमा साना तथा मझौला उद्यमी वर्गको लागी आवश्यक कर्जाको आपूर्ति गर्नुको साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्नेछ ।

अमेरिकी डलर २५ मिलियनको यस कर्जाले प्राथमिकताका क्षेत्रहरु विशेष गरी साना तथा मझौला कर्जा र हरित परियोजनाहरुको सशक्तीकरणमा सघाउ पुर्‍याउन सदुपयोग गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?