+
+

ललितपुरमा दुई स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते १८:०६

१७ असार, काठमाडौं । ललिपुरमा दुई स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार चापागाउँका ६६ वर्षका पुरुषमा संक्रमण देखिएको छ । गोदावरी नगरपालिका ११ का उनी पित्तथैलीको अपरेसन गर्न मेडिसिटी अस्पताल पुगेका थिए । अपरेसनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख डा. खगेश्वर गेलालले बताए ।

यस्तै ललितपुर महानगरपालिका– ८ लुुभुकी २३ वर्षीया महिला, वडा नम्बर १५ सातदोबाटोकी ३४ वर्षीया महिला, वडा नम्बर १४ नख्खीपोटकी ३३ वर्षीया महिला र वडा नम्बर २३ हात्तीबनकी २४ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये दुई जना स्वास्थ्यकर्मी हुन् ।

डा. गेलालका अनुसार ललितपुरमा थप दुईमा संक्रमण देखिएको छ तर उनीहरुको विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?