+
+
Shares

सुर्खेतमा होटल र रेष्टुरेन्ट बन्द गर्न प्रशासनको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते २०:२२

१७ असार, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले शुक्रबारदेखि होटल, रेष्टुरेन्ट लगायतका खाजा, नास्ता पसल बन्द गर्न निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले यस्तो निर्देशन दिएको हो ।

बुधबार प्रशासन कार्यालयले शुक्रबारदेखि जिल्लामा सञ्चालित होटल, रेष्टुरेन्टलगायतका खाजा, नास्ता पसल (होमप्याक बाहेक), सैलुन तथा व्युटी पार्लरसमेत पूर्णरुपमा बन्द गर्न भन्दै सूचना जारी गरेको छ ।

साथै तीन पाङ्ग्रे सवारी साधन अर्थात् अटो सञ्चालनलाई पनि पुूर्ण रुपमा रोक लगाएको छ । कोरोनाको संक्रमण रोकथामका लागि जोर–विजोर प्रणालीलाई यथावत राख्दै तीन पांग्रे सवारी साधनलाई पूर्णरुपमा बन्द गर्ने बताएको छ ।

प्रमुख जिल्ला अधिकारी मातहतमा रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र सुर्खेतको बैठकले फलफुल, तरकारी, दुध, ग्यास, औषधीजस्ता अत्यावश्यक सेवाका पसल शनिबार अनिवार्य बन्द गर्न र अन्य दिनहरुमा विहान ७ देखि साँझ ५ बजेसम्म मात्र खोल्न निर्देशन दिएको छ ।

व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न र खुला रहने पसलहरुमा अनिवार्य रुपमा मूल्य सूची टाँस गर्न पनि निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?