+
+
Shares

मेक्सिकोमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १८ गते ११:३७

१८ असार, काठमाडौं । मेक्सिकोमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या २८ हजार ५१० पुगेको हो ।

मन्त्रालयका अनुसार मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा कोरोना भाइरसको कारण ७४१ जनाको मृत्यु भएको हो । यससँगै मेक्सिकोमा कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुनेको संख्यामा मेक्सिकोले स्पेनलाई पछि पारेको छ । कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुकको सूचीमा अहिले मेक्सिको छैटौं स्थानमा छ ।

मेक्सिकोमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि दुई लाख ३१ हजार ७७० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा कोरोन भाइरसका पाँच हजार ६८१ नयाँ संक्रमित फेला परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?