Comments Add Comment

मध्यपूर्वका मुलुक कोरोना संकटको नाजुक अवस्थामा : डब्ल्यूएचओ

१८ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बुधबार मध्यपूर्वका मुलुक कोरोना भाइरस महामारीको कारण अहिले नाजुक अवस्थामा पुगेको बताएको छ । मध्यपूर्वमा लकडाउन केही खुकुलो बनाइएसँगै कोरोना भाइरसका संक्रमितको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।

विश्व स्वास्थ्य संगठनले मोरक्कोदेखि पाकिस्तानसम्मका २२ मुुलुकमा कोरोना भाइरसका १० लाखभन्दा धेरै संक्रमित फेला परेका छन् । डब्ल्यूएचओका पूर्वी भूमध्यसागर क्षेत्रीय कार्यालयका प्रमुख अहमद अल–मन्धारीले अहिले आफूहरु नाजुक अवस्थामा पुगेको बताएका छन् । उनले बुधबार एक अनलाइन कन्फ्रेन्सलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

डब्ल्यूएचओका अनुसार यो क्षेत्रमा कोरोना भाइरसबाट मृत्यु हुनेको ८० प्रतिशत मृत्यु केवल पाँच मुलुकमा भएको छ । उक्त मुलुकहरुमा इजिप्ट, इरान, इराक, पाकिस्तान र साउदी अरेबिया छन् ।

अल मन्धारीले आफूहरु अहिले समस्याको कारण बन्नसक्ने अवस्थामा पुगेको बताएका छन् । यो क्षेत्रमा जनवरी २९ मा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेका थिए ।

त्यसपछिको चार महिनामा भेटिएकाभन्दा धेरै संक्रमित गत जुन महिनामा फेला परेका थिए । अल–मन्धारीका अनुसार कोरोना भाइरसको संक्रमण बढ्नुमा दुई कारण छन् । जसमा पहिलो कारण परीक्षण बढाइनु हो भने पछिल्लो केही समययता लकडाउन पनि खुकुलो बनाइनु अर्को कारण हो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment