+
+
Shares

पर्सामा चट्याङ लागेर एक जना घाइते, जनस्वास्थ्य कार्यालयमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १८ गते १२:५०

१८ असार, वीरगञ्ज । वर्षासँगै परेको चट्याङले पर्सामा १ जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा बहुदरमाई नगरपालिका–३ का १३ वर्षीय रहमत हवारी रहेका छन् ।

घाइते हवारीको वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजीत कुँवरले जानकारी दिए ।

स्वास्थ्य कार्यालयमा क्षति

वर्षासँगै परेको चट्याङले वीरगञ्ज–१४ स्थित जनस्वास्थ्य कार्यालय पर्साको भवनमा समेत क्षति पुगेको छ ।

जनस्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वर चौरसियाका अनुसार चट्याङले कार्यालयको भवन तथा कार्यालयमा जडान गरिएको विद्युतीय सामानमा क्षति पुगेको छ ।

जनस्वास्थ्य अधिकृत चौरसियाका अनुसार क्षतिको मुल्यांकन भइरहेकोले अहिले नै यति क्षति भएकाे छ भनेर भन्न सक्ने अवस्था छैन । ‘छतको दक्षिणतर्फको भागमा प्वाल पर्नुको साथै चर्केको छ,’ उनले भने, ‘मिटर बक्स जलेको छ, तारहरु टुक्रा टुक्रा भएर झरेको छ । कम्युटर, पंखा, इन्भर्टर, फ्रिज लगायत इलेक्ट्रिक समानमा क्षति पुगेको हुनसक्छ ।’

चट्याङका कारण डी फ्रिजमा समेत क्षति पुगेको हुन सक्ने भएकाले बालबालिकालाई नियमित लगाउने दादुरा, रुबेला, बीसीजी लगायत ११ प्रकारका भ्याक्सिनको व्यवस्थापन गर्ने कार्य भइरहेको जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए ।

चट्याङबाट करिब २० लाख बराबरको क्षति भएको अनुमान जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले गरेको छ ।

पर्सागढीमा दुई घरमा क्षति

चट्याङले पर्साको पर्सागढी नगरपालिका–१ मनवामा दुई घरमा क्षति पुगेको छ ।

प्रहरीका अनुसार स्थानीय लक्ष्मी दास र प्रेम नारायण थारुको घरमा चट्याङ पर्दा पंखा, टिभी, लत्ता कपडा लगायत समान जलेर क्षति भएको छ ।

चट्याङले दुवै जनाको करिब एक/एक लाख मूल्य बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?