Comments Add Comment

गोलकिपर किरणलाई विदेशी कम्पनीको प्रायोजन

१८ असार, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका नम्बर वान गोलकिपर किरण चेम्जोङलाई विदेशी कम्पनीले प्रायोजन गरेको छ । युरोपियन राष्ट्र साइप्रसको ग्लोभ्स कम्पनी आरजीले किरणलाई ग्लोभ्स प्रायोजन गरेको हो ।

आरजीसँग किरणले दुई वर्षको सम्झौता भएको बताए । ‘अहिले दुई वर्षको सम्झौता भएको छ । मैले म्याच, ट्रेनिङ जहाँ पनि उनीहरूको प्रोडक्ट प्रयोग गर्नुपर्छ,’ किरणले अनलाइनखबरसँग भने, ‘ उनीहरूले वार्षिक २० जोर ग्लोभ्स प्रदान गर्नेछ ।’

विदेशी कम्पनीले नेपाली फुटबल खेलाडीलाई व्यावसायिक रुपमा ग्लोभ्स किट्स प्रायोजन गरेको यो पहिलो पटक नै हो ।

किरणले आफ्नो इन्स्टाग्राम पेज भेरिभाइड भएपछि विभिन्न खालका अफरहरू आउने गरेको र आरजीसँग पनि त्यसरी नै जोडिएको बताए । ‘मेरो इन्स्टाग्राम अफिसियल पेज भेरिभाइड भएपछि धेरै अफरहरू आइरहको हुन्छ । त्यसमा रेस्पोन्स गर्दा उनीहरूले यो अफर गरेको हो,’ भारतीय आई लिग क्लब मिनेर्भा पञ्जावबाट व्यावसायिक फुटबल खेल्ने किरणले भने, ‘अहिले उनीहरूले विश्वमै यो प्रोडक्ट स्पोनसर गरिरहेको छ । मलाई पनि साउथ एसियाबाट लिएको रैछ।’

किरणले आफ्नो लागि पनि यो नयाँ अनुभव रहेको र नेपाली खेलाडीलाई प्रायोजन गर्नु अझ राम्रो भएको बताए । ‘मलाई पनि राम्रो लाग्यो । बाहिरको ब्राण्डले नेपाल जस्तो देशको खेलाडीलाई प्रायोजन गर्नु हाम्रो लागि राम्रो कुरा हो,’ किरणले भने, ‘मेरो प्रोफाइल हेर्‍यो । विदेशी लिग पनि खेलेको रहेछ कप्तान पनि गरेको रहेछ । त्यसपछि सँगै जाने कुरा अघि बढेको हो ।’

किरणले यसबाट भविष्यमा अझै राम्रो अफर आउने र अन्य खेलाडीहरूको लागि पनि स्पोनसर आउन सक्ने बताए । ‘मलाई पनि अनुभव भयो । नेपालमा अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय प्रोडक्टले किट्स प्रायोजन गरेको छैन । फ्युचर आउने खेलाडीलाई राम्रो हुनेछ । मैले एउटा बाटो बनाएको छु अब आउने जेनेरेसनको लागि,’ किरणले थपे, ‘बुटहरुको लागि पनि अफर आयो भने राम्रो हुन्छ । नेपालमा ब्राण्ड एम्बासडर बन्न गाह्रो छ । यो राम्रो सुरुआत हो । अब हेरम कहासम्म पुगिन्छ, भविष्यमा ।’

उनले सम्बन्ध राम्रो भए अरु गोलकिपरको लागि पनि सहयोग गर्न सकिने बताए । ‘नयाँ खेलाडीको लागि पनि यसले इनकरेज हुन्छ र अरू खेलाडीलाई पनि स्पोनसर गरे राम्रो हुन्छ,’ उनले भने ।

किरणले नेपालबाहेक भारत र माल्दिभ्समा पनि व्यवासयिक लिग खेलिसकेका छन् । उनले तीनवटै देशमा लिग जित्दा माल्दिभ्स  नेपाली लिगमा उत्कृष्ट गोलकिपरको पुरस्कारसमेत पाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment