+
+
Shares

संसद अधिवेशन हठात् अन्त्य गर्नु आपत्तिजनक : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १८ गते १७:२८

१८ असार, काठमाडौं । प्रमुख विपक्षी नेपलाी कांग्रेसले संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएको भन्दै आपत्ति जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सत्तारुढ दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु आपत्तिजनक भएको बताएका हुन् । ‘अधिवेशन आहृवान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन्, तर त्यसलाई अवलम्बन नगरी, कोरोना सिर्जित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि एमसीसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरु बारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद छ,’ उनले भनेका छन् ।

अधिवेशन अन्थ्य गर्ने क्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंग कुनै परामर्श नभएको मात्र होइन, पूर्व सूचनासमेत नदिइएको कांग्रेसले बताएको छ ।

कोरोना भाइरसको महामारीप्रति उच्च गम्भीरतासाथ सिंगो संसदले साझा दृष्टि तय गरेर परिमार्जित रणनीति साथ अघि बढ्नुपर्ने बेला सरकारले हठात अधिवेशन अन्त्य गरेको कांग्रेसको आरोप छ । कांग्रेसले प्रधानमन्त्रीलाई प्रश्न गरेको छ, जनताको जिवन प्रधान कि सत्ताको राजनीति ?’

साथै संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएकोमा कांग्रेसको असहमति रहेको प्रवक्ता शर्माले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?