+
+
Shares

महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परे वडाध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १९ गते ८:३३

१९ असार, कञ्चनपुर । स्थानीय महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कञ्चनपुरका एक जना जनप्रतिनिधिलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राम नाथलाई पक्राउ गरेको हो ।

मदिरा सेवन गरेर स्थानीय एक महिलालाई अपशब्द बोल्दै हातपात गरेको अभियोग उनीमाथि छ ।

मदिरा सेवन गरेर दुर्व्यवहार गरेको आरोप लागेपछि वडाध्यक्षलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अमर थापाले बताए ।

‘हामीले वडाध्यक्षलाई नियन्त्रणमा लिएका छौँ’, उनले भने, ‘थप अनुसन्धान जारी छ ।’

महिलामाथि वडाध्यक्षले दुर्व्यवहारको गरेको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय, ब्रह्मदेव घेराउ गर्दै नाराबाजी गरेका गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?