+
+
Shares

कक्षा ११ को परीक्षा नलिन अभिभावक संघको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १९ गते १७:१७

१९ असार, काठमाडौं । अभिभावक संघ नेपालले कक्षा ११ को परीक्षा नलिन सुझाव दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा शुक्रबार आयोजित कार्यक्रममा संघले कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको परीक्षा लिनु आवश्यक नरहेको भन्दै यस्तो सुझाव दिएको हो ।

अभिभावक संघका अध्यक्ष केशव पुरी भन्छन्, ‘कानुन मै नभएको कक्षा ११ को परीक्षा लिन आवश्यक छैन ।’

शिक्षा मन्त्रायलले कक्षा ११ को परीक्षा, निजी विद्यालयको शुल्क र अनलाइन कक्षालाई मान्यता दिने की नदिने भन्ने विषयमा अभिभावक संघ र नेपाल शिक्षक महासंघसँग छलफल गरेको हो ।

संघका अध्यक्ष पुरी यस्तो विषयमा छलफल गर्दा विद्यालय सञ्चालक, शिक्षाविद्हरूलाई पनि छलफलमा बोलाउनु पर्ने बताउँछन् । अभिभावकहरू शुल्क तिर्ने अवस्थामा नरहेको र विद्यालयले यति बेला शुल्क तिर्न ताकेता गर्न नहुने पुरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?