
संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल आज वैवाहिक जीवनमा बाँधिएका छन् । काठमाडौंको बूढानीलकण्ठ मन्दिरमा उनीहरूले सीमित मानिसहरूको उपस्थितिमा बिहे गरेका हुन् ।
सरकारले जारी राखेको लकडाउनका कारण बिहे समारोहमा १५ जनाभन्दा बढी मानिस उपस्थित हुन पाइँदैन । अर्जुन र दुर्गाको बिहेमा डेढ दर्जन हाराहारीमा पाहुनाहरू उपस्थित थिए ।
अर्जुन र दुर्गाको बिहेमा नायिका पूजा शर्मा, दीपिका प्रसाईं, निर्देशक सुदर्शन थापा, दिवाकर भट्टराई, ज्ञानेन्द्र देउजा, लेखक सामिप्यराज तिमिल्सिना, गायक प्रमोद खरेल, कृष्ण काफ्लेलगायत पुगेका थिए । अर्जुन र दुर्गा ७ वर्षदेखि नजिक भएर सांगीतिक क्षेत्रमा काम गरिरहेका छन् ।
तस्वीरः शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4