Comments Add Comment

नेपाली सीमा नजिक आइपुगेको सलहको झुण्ड वायुको चापले पर धकेलियो

१९ असार , काठमाडौं । देशैभर मनसुन सक्रिय भएपछि सलहको थप नयाँ झुन्ड नेपाल प्रवेशको सम्भावना कमजोर बनेको कृषि मन्त्रालयले जनाएको छ ।

सक्रिय मनसुनसँगै वायुको चाप पूर्वबाट पश्चिमतर्फ रहेको र भारत हुँदै हावाको चाप नेपालतर्फ नरहँदा वायुको चापमा चामत्कारिक परिवर्तन नआए तत्काल सलह प्रवेश हुन नसक्ने मन्त्रालय मातहतको प्राविधिक कार्यदलले निश्कर्ष निकालेको हो ।

बिहीबार नेपाल सीमाबाट भारततर्फ ५ सय किलोमिटरको दुरी इटहरीमा रहेको सलहको झुण्ड झण्डै साढे दुई सय किलोमिटर पर धकेलीएको प्राविधिक कर्यदलका संयोजक सहदेव प्रसाद हुमागाइँले जानकारी दिए ।

एक दुई दिनमै सलह प्रवेशको सम्भावना टरेपनि नेपालमा सलह जोखिम भने नटरेको संयोजक हुमागाइँले बताए ।

विदेशी सहयोग लिइने

सलह नियन्त्रण गर्न सरकारले संयुक्त राष्ट्र संघको खाद्य र कृषि कार्यक्रमँग सहयोग माग्ने भएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य र कृषि कार्यक्रमसंग सलह नियन्त्रणका लागि कृषि मन्त्रालयले सहयोग माग्न छलफल अघि बढाइएको प्राविधिक कायर्दल प्रमुख हुमागाइँले बताए ।

सलह नियन्त्रण गर्न भारत र पाकिस्तानलाई उक्त कार्यक्रम (एफएओ)ले सहयोग गरेकाले नेपालले पनि उपकरण सहयोग माग्न छलफल थालेको उनले बताए ।

भारतमा सलह फैलिँदै गएको र त्यसको असर नेपालमा पनि पर्नसक्ने भएकाले निकट भविष्यमा सलह प्रकोप बढ्न सक्ने र यसका लागि नेपालसंग अनुभव नभएपछि सहयोग मागिएको हो ।

नेपालमा सक्रिय सलह पाल्पा, अर्घाखाँची छोडेर रोल्पा र पश्चिम रुकुमतर्फ अघि बढेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment