Comments Add Comment

कांग्रेसद्वारा कर्णाली प्रदेश सभा बैठक बहिष्कार

२० असार, सुर्खेत । बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेश सभा बैठक बहिष्कार गरेको छ।

शनिबार बसेको बैठकमा कांग्रेस सांसदहरू उपस्थित नै भएनन् । मन्त्रालयहरूको छुट्टाछुट्टै योजनासहित किताब नआएपछि बैठकमा भाग नलिइएको विपक्षी दलका नेता जीवनबहादुर शाहीले बताए । उनले भनेका छन्, ‘सबै मन्त्रालयहरूको बजेट किताब मन्त्रालयगत रुपमा नआइसकेको कारण हामी बैठकमा सहभागी नभएका हौं ।’

कांग्रेसले सबै मन्त्रालयका अलग-अलग रातो किताब बनाउनुपर्ने माग गर्दै आएको छ । सरकारले भने सबै मन्त्रालयको योजना समेटेर एउटै किताब प्रदेश सभामा वितरण गरेको थियो ।

कर्णाली प्रदेश सभामा कांग्रेसका ६ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment