Comments Add Comment

बफोनले बनाए नयाँ कीर्तिमान, बने सिरी एमा धेरै खेल्ने खेलाडी

२१ असार, काठमाडौं । युभेन्ट्सका गोलकिपर जियानलुजी बफोनले इटालियन सिरी एमा सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएका छन् । जारी सिजनअन्तर्गत टोरिनोविरुद्धको खेल सुरुवाती रोजाइमा खेल्ने उनले सर्वाधिक खेल खेल्ने कीर्तिमान आफ्नो नाममा लेखाए ।

टोरिनोविरुद्धको खेल सिरी एमा बफोनको ६४८औं खेल हो । यसअघि उनले पाउलो माल्दिनीको ६४७ खेलको कीर्तिमान बरारी गरेका थिए ।

सन् १९९५ मा पार्माबाट व्यवसायिक फुटबल सुरु गरेका बफोन २००१ मा युभेन्ट्स पुगेका थिए । उनले २०१८-१९ को सिजन भने फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट खेला थिए ।

४२ वर्षीय बफोनले राष्ट्रिय टिमबाट सन् २००६ मा विश्वकप उपाधि जितेका थिए । राष्ट्रिय टिमबाट २०१८ मा सन्यास लिएका उनले क्लब फुटबल भने अझै खेलिरहेका छन् । बफोनसँगै सन् २००६ मा विश्वकप जितेका अन्य खेलाडीहरु अहिले धेरै जना प्रशिक्षक बनिसकेका छन् ।

बफोनले आफ्नो ४२औं जन्मदिनपछि आफू अझै खेल्न सक्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment