Comments Add Comment

सडक मर्मत नगरेको भन्दै जनकपुरमा प्रदर्शन

२१ असार, जनकपुरधाम । सडक मर्मत गर्न कसैले ध्यान नदिएको भन्दै जनकपुरधामस्थित पुलचोकका बासिन्दाले हुलाकी सडकखण्ड अवरुद्व गरेका छन् । उनीहरुले टायर बालेर बिरोध गर्दै आइतबार बिहानैदेखि सडक अवरुद्ध गरेका हन् ।

स्थानीयवासीले जनकपुरधामदेखि यदुकोहा जाने हुलाकी राजमार्गअन्तर्गत जनकपुरधाम १६ मा सडक जाम गरेका छन् ।

सडकमा सवारीसाधन गुडाउन समस्या हुने गरी खाल्डा परेको स्थानीयवासीले बताएका छन् । खाल्डोमा पानी जमेपछि आवतजावतमा नै समस्या भइरहेको स्थानीय कृष्णप्रताप साहको भनाइ छ ।

कोही बिरामी हुँदा अस्पतालसम्म लैजानसमेत नसकिने अवस्था आएको भन्दै उनले खाल्डोका कारण दिनहुँ दुई/तीनवटा दुर्घटना हुने गरेको बताए ।

सडक मर्मत गरिदिन पटक-पटक वडाध्यक्षदेखि मेयर र हुलाकी आयोजनाका पदाधिकारीलाई भन्दासमेत कसैले ध्यान नदिएका कारण आन्दोलनमा उत्रिनु परेको उनको भनाइ छ ।

वर्षामा जमेको पानीका कारण खाल्डो पोखरीजस्तै बनेको छ । सडक अवरोधका कारण दर्जनौं मोटरसाइकल सडकमै रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment