Comments Add Comment

प्रदेश २ मा थपिए ११५ जना कोरोना संक्रमित

२१ असार, वीरगञ्ज । पछिल्लो २४ घण्टामा प्रदेश २ मा ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश २ मा १४ जना महिला र १०१ जना पुरुष गरी कुल ११५ जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा धनुषाका २७, महोत्तरीका १२, सिराहाका २३, सप्तरीका ३५, सर्लाहीका ६, रौतहटका ११ र पर्साका १ जना छन् ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश २ मा संक्रमितको संख्या ३ हजार ७ सय ८ पुगेको छ ।

मन्त्रालयका अनुसार अझै ३ हजार १ सय ३८ जनाको पीसीआर परीक्षणको नतिजा आउन बाँकी छ । ३ हजार ६४ जना संकास्पद संक्रमित प्रदेश २ का विभिन्न क्वारेन्टिनमा बसिरहेका छन् ।

४२ जना डिस्चार्ज

आइतबार प्रदेश २ बाट ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अस्पतालमा हेरचाह र उपचार गरेपछि ७ जना महिलासहित ४२ जना डिस्चार्ज भएर घर फर्किएको बरिष्ठ जनस्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए ।

प्रदेश २ मा हालसम्म २ हजार ७७ जना डिस्चार्ज भएर घर फर्किएका छन् । बारा, पर्सा र रौतहटमा गरी ४ जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment