Comments Add Comment

प्रदेश ५ मा थप २६ जनामा कोरोना संक्रमण

२१ असार, बुटवल । प्रदेश ५ मा आइतबार थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश ५ मा कोरोेना भाइरस संक्रमितको संख्या ३ हजार ९ सय ६८ पुगेको छ ।

रूपन्देहीको भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रूपन्देहीका २ जना, अर्घाखाँचीका १ जना, कपिलवस्तुका १ जना, नवलपरासीका १ जना र प्युठानका ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले जानकारी दिए ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अर्घाखाँचीका १ र कपिलवस्तुका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका २ जना, बाँकेका १ र बर्दियाका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बर्दियाका ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश ५ मा हाल १ हजार ८ सय १२ जना कोरोना भाइरस संक्रमित उपचाररत रहेका र २ हजार ६९ जना उपचारपछि निको भएर घर फर्किएको प्रदेश सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment