Comments Add Comment

प्रियंकापछि इन्स्टाग्राममा अदितीको १० लाख फलोअर्स

सामाजिक सञ्जाल इन्स्टाग्राममा सर्वाधिक फलोअर्स कमाउने नेपाली चलचित्र क्षेत्रकी नायिका को होलिन् ? यसको सहजै उत्तर दिन सकिन्छ, प्रियंका कार्की । तर अब प्रियंका कार्कीकैजस्तो इन्स्टाग्राममा अर्की नायिकाको पनि लोकप्रियता देखिएको छ ।

चलचित्र ‘कृ’ मार्फत नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी नायिका अदिती बुढाथोकीलाई इन्स्टामा पछ्याउनेको संख्या १० लाख पुगेको छ । सामाजिक सञ्जालमा १० लाख फलोअर्स पुगेपछि अदितीले खुसी व्यक्त गर्दै सबैलाई धन्यवाद दिएकी छन् ।

दोश्रो चलचित्र ‘बेञ्जो’को तयारीमा रहेकी अदिती मुम्बईमा रहेर मोडलिङ गर्दै आएकी छन् । उनले इन्स्टाको माध्यमबाट विभिन्न ब्रान्डको प्रमोसन पनि गर्दै आएकी छन् । सामाजिक सञ्जालमा बोल्ड तस्वीर सेयर गरिरहने नायिका बुढाथोकीले इन्स्टाबाट राम्रो आम्दानी पनि गर्छिन् ।

मुम्बईमा रहेर केही म्युजिक भिडियोमा समेत काम गरेकी यी सुन्दरी नेपाली चलचित्रमा पनि करिअर बनाउने दौडमा छिन् । इन्स्टाग्राममा सर्वाधिक फलोअर्स बटुलेकी यी नायिकाको चलचित्रले भने हलमा कस्तो व्यापार गर्ने हो, ‘बेञ्जो’ रिलिजपछि भन्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment