+
+
Shares

दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसहित ९ जनामा कोरोना पुष्टि

यज्ञ खत्री यज्ञ खत्री
२०७७ असार २२ गते ११:२३

२२ असार, सुर्खेत । दैलेखको नारायण नगरपालिकाका २ जना जनप्रतिनिधि र ७ जना कर्मचारीहरू गरी नौ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल दैलेखको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा एक महिला जनप्रतिनिधि र एक वडाध्यक्ष रहेको दैलेख अस्पतालका कोरोना फोकलपर्सन थिरप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार ७ जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ र उनीहरूको अवस्था सामान्य छ । संक्रमित कर्मचारीहरू होम आइसोलेसनमा छन् । दुई जना जनप्रतिनिधिहरू भने दैलेख अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन् ।

नगरपालिकाले असार १४ र १६ गते दुई चरणमा ४८ जना जनप्रतिनिधि र कर्मचारीहरूको स्वाब संकलन गरेको थियो । ४८ जनाको पीसीआर परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

नगरपालिकाको सेवा प्रभावित

जनप्रतिनिधि र कर्मचारीहरूमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको सेवा प्रवाहमा समस्या भएको छ । असार मसान्तको समयमा दैनिक कार्यालयलमा सयौंको संख्यामा सेवाग्राहीको भिड लाग्ने गरेको छ ।

उपभोक्ता समितिबाट भुक्तानी लिन आएका र अन्य कामका लागि कार्यालयमा आएका सर्वसाधारणहरूलाई सेवा प्रवाहमा समस्या देखिएको सूचना अधिकारी प्रकाशकुमार बिसीले बताए । ‘कार्यालयबाट हुने कामका लागि नगरपालिका अगाडि टेबुल राखिएको छ । सेवाग्राहीहरूले टेबुलमा फाइलहरू जम्मा गर्नुहुन्छ । उक्त फाइलहरू दोस्रो दिन कार्यालयले अध्ययन गरेर मात्र अगाडि बढाउने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘यसले गर्दा कार्यालयको सेवा प्रभावित भएको छ ।’

सुरक्षाकर्मी पनि संक्रमित

दैलेख जिल्लामा हालसम्म क्वारेन्टिनको सुरक्षार्थ खटिएका ३३ जना सुरक्षाकर्मी, ६ जना स्वास्थ्यकर्मी, ११ जना स्थानीय कर्मचारी र २ जना जनप्रतिनिधिमा संक्रमण देखिएको छ ।

दैलेख अस्पतालका कोरोना फोकलपर्सन थिरप्रसाद रेग्मीका अनुसार २० जना सशस्त्र प्रहरी, ९ जना नेपाल प्रहरी र ४ जना नेपाली सेना गरी ३३ जना सुरक्षाकर्मीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सुरक्षाकर्मीसहित ४४ जना निको भएर डिस्चार्ज भइसकेका छन् । कोरोना संक्रमितसँग नजिक रहेर काम गरेका सबैलाई परीक्षणको दायरामा ल्याइएको छ ।

सोमबारसम्म दैलेखमा संक्रमितको संख्या ७८१ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

परीक्षणको दायरा बढाइँदै

कर्णाली प्रदेशमा सबभन्दा धेरै कोरोना संक्रमण फैलिएको दैलेख जिल्लामा पछिल्लो समय पीसीआर परीक्षणको दायरा बढाइएको छ । नारायण नगरपालिका आफैँले पीसीआर मेसिन खरिद गरी सञ्चालनमा ल्याएको छ ।

एक पटकमा ९६ स्वाब परीक्षण गर्न मिल्ने उक्त मेसिनमा २४ घण्टामा दुई पटक परीक्षण गर्न मिल्ने कोरोना फोकल पर्सन रेग्मीले बताए । ‘एक लटमा ९६ वटा स्वाब परीक्षण गर्न सक्ने क्षमता छ, मेसिन दुई सिफ्टमा सञ्चालन गर्न सकिन्छ,’ रेग्मीले भने, ‘दिनमा दुई लट परीक्षण गर्न मिल्ने भएकाले १९६ वटासम्म परीक्षण हुन्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?